काठमाडौं ।
भारत हिमाचल प्रदेशको कोताखाई भन्ने स्थानमा चार बर्षदेखि बन्दक बनाइएकी नेपाली किशोरी उद्धार गरिएको छ। उनी रुकुम पश्चिमकी स्थायी वासिन्दा हुन्।
नेपाली दूतावास दिल्लीमा आएको निवेदनका आधारमा किन इन्डिया, वाल कल्याण समिति र हिमाचल प्रहरीको टोलीले किशोरीलाई उद्धार गरेको नविन जोशी, कार्यकारी निर्देशक, ले जानकारी दिए।
नेपाल न्यूज बैंकलाई जोशीले भने, दुई महिनाको प्रयासपछि निज किशोरीलाई सकुशल उद्धार गरिएको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई दिल्ली ल्याइने योजना रहेको छ।

Leave a Comment