Latest News
Kathmandu

‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक

‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक

काठमाडौं । फिल्म ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक गरिएको छ। गीतमा गायक प्रमोद खरेल को स्वर रहेको छ भने शब्द सौरभ तिम्सिनाले लेखेका हुन्। संगीत नविन कार्की ले दिएका छन्।

सार्वजनिक गीतमा सिनेम्याटोग्राफी अमृत बिस्वाले, सम्पादन राम अधिकारी, सहायक निर्देशक लक्ष्मण अधिकारीमेकअप आर्टिस्ट देवी खतिवडा रहेका छन्।

गीतले प्रवासीको पीडा, संघर्ष र भावनात्मक अनुभूति प्रस्तुत गरेको बताइएको छ। आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने फिल्ममा, नेपालबाट संयुक्त राज्य अमेरिका पुगेका नेपालीले भोग्नुपर्ने संघर्ष र प्रवासी जीवनको कथा चित्रित गरिएको छ।

फिल्मलाई श्याम क्षेत्री र राम अधिकारी ले संयुक्त रुपमा निर्देशन गरेका छन्। निर्देशक श्याम क्षेत्रीका अनुसार, “प्रवासमा पुग्ने जो कोहिले पनि आफ्नो वा वरिपरि भएको दृश्यलाई फिल्ममा पाउनु हुनेछ। भौतिक दुःखको चर्चा बढी हुने भए पनि मानसिक यातनालाई पनि फिल्ममा देखाइएको छ।”

फिल्मले मानसिक स्वास्थ्य समस्या र समाधानमा ध्यान केन्द्रित गरेको छ। मुख्य कलाकारमा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारी र निर्देशक श्याम क्षेत्री स्वयं रहेका छन्।

फिल्ममा ‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्य रहेको छ। अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन भएको यस फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सन ले संयुक्त रुपमा निर्माण गरेका छन्। छायांकन रविन आचार्य, सम्पादन राम अधिकारी, पाश्र्व संगीत सुवास सिन्चुरी, शृङ्गार देवी खतिवडा, ध्वनी मुद्रण राज शंकर र प्रतिक सार्की, संगीत सिर्जना नविन कार्की, स्वर प्रमोद खरेल र प्रताप दास ले दिएका छन्।

फिल्मलाई आरआर फिल्म्स ले वितरण गर्नेछ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा वृद्धि
पछिल्लो समाचार →
मिथिलाञ्चलमा होलीको सुरुवात (तस्वीरहरू)

Leave a Comment

Your email address will not be published. Required fields are marked *