रामेछाप । बीपी राजमार्ग अन्तर्गत सिन्धुली, कमलामाई नगरपालिका–४, हिरापानीमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा गोलन्जोर गाउँपालिका–२, बित्तिजोर का चन्द्र श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुई वर्षअघि नेपाली सेनाबाट पेन्सन लिएर अवकाश प्राप्त गरेका श्रेष्ठले धुराबजार क्षेत्रमा साबुन उद्योग सञ्चालन गर्दै आएका थिए।
परिवारका अनुसार श्रेष्ठ आज मतदान गर्न गाउँ जाने क्रममा स्कुटरमा यात्रा गरिरहेका थिए। सोही क्रममा बसले ठक्कर दिँदा उनको ज्यान गएको हो।
प्रत्यक्षदर्शीका अनुसार बस गलत दिशाबाट आएर स्कुटरलाई ठक्कर दिएको बताइएको छ। दुर्घटनापछि श्रेष्ठको शव सिन्धुली अस्पतालमा राखिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Comment