काठमाडौं । ICC T20 World Cup अन्तर्गत ‘सुपर–८’ खेलमा वेस्ट इन्डिजले जिम्बाबेलाई १०७ रनले पराजित गरेको छ ।
भारतको मुम्बई स्थित वानखेडे स्टेडियम मा भएको खेलमा वेस्ट इन्डिजले दिएको २५५ रनको लक्ष्य पछ्याएको जिम्बाबे १७ ओभर ४ बलमा १४७ रनमै सीमित भयो ।
जिम्बाबेका ब्राड इभान्सले ४३ रन बनाए भने वेस्ट इन्डिजका गुडाकेश मोतीले ४ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २५४ रनको विशाल योगफल तयार गरेको थियो ।
वेस्ट इन्डिजका शिम्रोन हेटमायरले ८५ रन को उत्कृष्ट पारी खेले । जिम्बाबेका रिचार्ड नागाराभा र ब्लेसिङ मुजरबानीले २–२ विकेट लिए ।
टी–२० विश्वकप इतिहासमा यो दोस्रो ठूलो योगफल हो । यस जितसँगै वेस्ट इन्डिज ‘सुपर–८’ को समूह १ मा शीर्ष स्थानमा पुगेको छ ।

Leave a Comment