Latest News
Kathmandu

धादिङ बस दुर्घटना : १८ जनाको मृत्यु

धादिङ बस दुर्घटना : १८ जनाको मृत्यु

मलेखु (धादिङ), ११ फागुन : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै दुर्घटनामा परेको यात्रु बस । पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रु बस त्रिशुली

कलैया,धादिङ बस दुर्घटना घाइते भएकामध्ये एक जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्रमा सेन्टरमा उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनको ठेगाना स्याङ्जा रहेको प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गएराति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो । बसमा सवार ४४ जनामध्ये २७ जनालाई उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पताल पठाइएको थियो । अचेत अवस्थाकालाई मलेखु र जिल्ला अस्पताल पठाइएको थियो ।

रातिको समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय र्‍याफ्टिङ व्यवसायीले उद्धार गरेका थिए ।

घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्‍याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो ।

बस सडकबाट तल त्रिशूली किनारको ढुंगामा बजारिएर क्षतविक्षत भएको छ । रातिको समय, अप्ठेरो स्थान र उद्धार सामग्री अभावका कारण उद्धारकार्यमा कठिनाइ महसुुस भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । ‘प्रहरीहरुको टर्च बाल्दै घाइतेहरुको उद्धार गर्‍यौं । हामीलाई उद्धार सामग्रीको अभाव जस्तो महसुस भयो,’ घटनास्थलबाट प्रमुख जिल्ला अधिकारी सुवेदीले अनलाइनखबरसँग भने ।
📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
म सलाम खान होइन, देश र जनताको सेवा गर्न उम्मेदवार बनेको हुँ : श्यामबाबु गुप्ता
पछिल्लो समाचार →
इजरायली हवाई आक्रमणमा लेबनानमा कम्तीमा १२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Leave a Comment

Your email address will not be published. Required fields are marked *