Latest News
Kathmandu

काठमाडौंका पहिलो मेयर पिएल सिंहको निधन

काठमाडौंका पहिलो मेयर पिएल सिंहको निधन

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।

२०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए । पञ्चायत व्यवस्थापछि सिंह काठमाडौंका पहिलो मेयर हुन् ।  सिंहको निधनमा काठमाडौं  महानगरले शोक विदा दिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
काठमाडौं महानगरले मनायो ३० औँ महानगर दिवस (फोटोफिचर)
पछिल्लो समाचार →
कार्यालय समयमा चिकित्सक नभएको गुनासो मन्त्रीसमक्ष पुगेपछि कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र