काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर महानगर दिवस मनाएको हो ।
दिवसको अवसरमा टुँडिखेलमा मौलिक खाना महोत्सवका साथै ‘एक वडा ः एक नमुना उद्यम’ कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी समेत गरिएको छ ।
यस्तै, महानगरले आज दिउँसो ३ बजे टुँडिखेलमा साँस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि गर्दैछ । सांगीतिक कार्यक्रमका लागि चर्चित कलाकारलाई निम्तो गरिएको महानगरपालिकाले जनाएको छ। २०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई काठमाडौं महानगर घोषणा गरिएको थियो।
काठमाडौं महानगरले मनायो ३० औँ महानगर दिवस (फोटोफिचर)