Latest News
Kathmandu

मेरो सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्ने

मेरो सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्ने

रौतहट ।  रौतहटको चन्द्रनिगाहपुरमा रहेको मेरो बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको रकम फिर्ता गर्ने भएको छ ।

सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न माग राखी आन्दोलनमा उत्रेका बचतकर्ताहरुसँग चन्द्रपुर नगरपालिकाको सभाहलमा भएको छलफलमा सो सहमति भएको हो ।

चन्द्रपुर नगरपालिकाका कार्यकारी प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारीको उपस्थितिमा छलफल गरि २५ प्रतिशतका दरले अनिवार्य बचत फिर्ता दिने सहमति भएको छलफलमा सहभागी संकल्प वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश पौडेलले बताए ।

उनका अनुसार आगामी तीन महिनादेखि अनिवार्य रुपमा बचतको रकम दिने सहमतिको निणयमा उल्लेख छ  ।

चन्द्रपुर नगर पालिका वडा न  ४ मा मेरो साकोसले सहमति यो सहमति  जनाएसंगै कार्यालय पनि सुचारु गर्ने भएको छ । सोमबारदेखि नै कार्यालय सुचारु गर्ने, बचतकर्ताका प्रतिनिधिको समन्वयमा असुली भएको ऋणको रकम फिर्ता दिँदै जाने,लेखा परिक्षण तथा साधारणसभा तोकिएको मितिमा सम्पन्न गर्ने जस्ता सहमति गरिएको चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलमले बताए ।

यो सम्झौता पुर्ण कार्यन्वयन हुनेमा  बिश्वस्थ रहेको उनको भनाइ छ । छलफलमा  रौतहट बचत संघका अध्यक्ष सचिव वसन्त आचार्य,मेरो साकोसका बालकृष्ण श्रेष्ठ ,सुमन गौतम ,राजन बोगटी, िनर्मल साकोसका प्रकाश तिमल्सिना गरि करिब ३० जना बचतकर्ताहरुको सहभागिता रहेको थियो ।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘अभिमन्यु’ बनाउने
पछिल्लो समाचार →
राष्ट्रभक्तिको भावना कमजोर हुँदै जाँदा विदेशिने होड चल्यो ः प्रचण्ड

Leave a Comment

Your email address will not be published. Required fields are marked *