Latest News
Kathmandu

एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एकमात्र जीवित

एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एकमात्र जीवित

एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एकमात्र जीवित
काठमाडौं । भारतको अहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन भएको र एक जना जीवित रहेको एअर इन्डियाले जनाएको छ ।
एअर इन्डियाले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटना हुँदा एक मात्र यात्रु जीवित रहेको र अस्पतालमा उपचार भइरहेको बताएको छ ।
भयानक विमान दुर्घटनामा बाँच्न सफल ब्रिटिश नागरिक विश्वासकुमार रमेशलाई आफू कसरी बच्न सकेँ भनेर थाहा नभएको उनका आफन्तहरूले बताएका छन्् ।
विश्वास कुमार उक्त बोइङ् ७८७ उडानमा ११ ए अङ्कको सिटमा थिए । अहिले सामाजिक सञ्जालमा राखिएका भिडिओमा रमेश एम्बुलेन्सतर्फ हिँडिरहेको देखिन्छ, पछाडि धुवाँको मुस्लो छ ।
घाईते रमेशलाई भारतीय गृहमन्त्री अमित शाहले अस्पतालमा पुगी भेटेका छन् ।
भारतमा जन्मिएका उनी यूकेमा सन् २००३ देखि बस्दै आएका थिए । उनको पत्नी र चार वर्षीय एक छोरा छन् ।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
पश्चिमी वायु प्रणाली सक्रिय, काठमाडौमा बर्षा
पछिल्लो समाचार →
दुर्गा प्रसाईंलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश

Leave a Comment

Your email address will not be published. Required fields are marked *