Latest News
Kathmandu

ट्र्याक्टर दुर्घटनामा परी जुम्लामा एक जनाको मुत्यु ४ जना घाइते

ट्र्याक्टर दुर्घटनामा परी जुम्लामा एक जनाको मुत्यु ४ जना घाइते

xr:d:DAFbpsAE51M:3554,j:5900131764558555040,t:24012204

मुगु । जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
सोमबार राती ९ बजे लु २ त १११५ नम्बरको ट्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ ९ को तलिउम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ चन्दननाथ नगरपालिका ७ स्थित खल्लाचौरमा दुर्घटनाहुँदा १ जनाको मृत्यु र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रोहित रसाइलीले जानकारी दिएका छन् ।
दुर्घटनाबाट मृत्यु हुनेमा चन्दननाथ नगरपालिका – ९ का वर्ष ४८ का जोखे सार्कीको उपचारको क्रममा गएराती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रसाइलीले बताएका हुन ।
घाइते हुनेमा चन्दननाथ नगरपालिका – ९ तलिउमका वर्ष २९ कि देबु सार्कि, तलिउमकै ३५ वर्षकी मैनामुरली सार्की र चन्दननाथ – ९ तलिउमकै वर्ष ४८ की रंगा सार्की र ट्याक्टर चालक वर्ष २२ का सन्तोष सार्की रहेको रसाइलीले बताएका छन् ।
सडक बाट करिव २० मिटर तल खसेको थियो । अहिले घाईतेहरुलाई उद्धार गरी उपचारको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्याईएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

xr:d:DAFbpsAE51M:3554,j:5900131764558555040,t:24012204
📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य
पछिल्लो समाचार →
इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

Leave a Comment

Your email address will not be published. Required fields are marked *