Latest News
Kathmandu

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रही काम गर्न मन्त्री यादवद्धारा निर्देशन

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रही काम गर्न मन्त्री यादवद्धारा निर्देशन

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले बाढी पहिराका कारण निम्तिने सम्भावित जोखिमका लागि पूर्ण रुपमा सतर्क रही काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार  काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत ललितपुरको धोबीघाटस्थित निर्माणाधीन फोहर पानी प्रशोधन केन्द्रको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले गत वर्ष बाढीले पु¥याएको क्षतिको अनुभवलाई मध्यनजर गर्दै, यस वर्षसमेत सम्भावित जोखिमका लागि पूर्ण सतर्क रहन सम्बन्धित निकायलाई आग्रह गरे  ।

उनले भने, “गत वर्षको बाढीले निर्माणाधीन यस फोहर पानी प्रशोधन केन्द्रमा ठूलो क्षति पु¥याएको थियो । यसवर्ष पनि जोखिम आउन सक्छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्ण सतर्क रही काम गर्नु होला ।”

अनुगमनका क्रममा मन्त्री यादवले फोहर पानी प्रशोधन केन्द्रको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेकाले यसले वातावरण संरक्षण र दिगो शहरी विकासतर्फ सकारात्मक सङ्केत दिएको उल्लेख गरे ।

यसैगरी मन्त्री यादवले फोहर पानीको वैज्ञानिक व्यवस्थापनमार्फत वातावरणीय संरक्षण तथा शहरी जनजीवनको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको यो परियोजना तोकिएको समयमा नै सम्पन्न हुने आफुले विश्वास लिएको बताए ।

सरकारले वातावरणीय संरक्षण र जनस्वास्थ्यको सुधारका लागि यस्ता फोहोर पानी प्रशोधन केन्द्रहरूको निर्माणलाई निरन्तर प्राथमिकतामा राखेको मन्त्री यादवले जानकारी दिए ।

उनले निर्माण कम्पनीलाई जिम्मेवारी निष्ठापूर्वक पालना गर्दै तोकिएको समय सीमाभित्र काम सम्पन्न गर्नसमेत निर्देशन दिए ।

उक्त अनुगमनमा खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, एसियाली विकास बैंकका प्रतिनिधि, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख लक्ष्मिप्रसाद उपाध्याय, निर्माण कम्पनीका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
३१ दिन पैदल यात्रा गरेर काठमाडौं आएका बोहोराले प्रधानमन्त्री भेट्न पाएनन्
पछिल्लो समाचार →
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

Leave a Comment

Your email address will not be published. Required fields are marked *