Latest News
Kathmandu

काठमाडौं महानगर १९ नम्बर वडामा एकै दिन तीनवटा सेवा केन्द्र सञ्चालनमा

काठमाडौं महानगर १९ नम्बर वडामा एकै दिन तीनवटा सेवा केन्द्र सञ्चालनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ ले बिहीबार एकै दिन तीनवटा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ ।

महिला सञ्जालले आयोजना गरेको स्थानीय न्याय संवाद कार्यक्रमको अवसरमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ‘मेलमिलाप केन्द्र’, ‘एकल सेवा केन्द्र’ र ‘स्वास्थ्य प्रवर्धन केन्द्र’को उद्घाटन गरेकी हुन् ।

त्यस अवसरमा वडाले उपप्रमुख डंगोललाई स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकोमा वडाबासी र वडाकातर्फबाट अभिनन्दन प्रदान गरिएकोे छ ।

यस्तै टेवुलटेनिसका विभिन्न स्तरमा भएका प्रतियोगिता विजेता इन्दिरा पौड्याल पराजुलीलाई वडाको गरिमा बढाउन योगदान दिएकोमा सम्मान गरिएको थियो ।

यस्तै वडा कार्यालयको प्रशासकीय भवन निर्माणमा योगदान गरेका महानगरपालिकाका पूर्व विभागीय प्रमुख शान्ताराम पोखरेलसहित पूर्वजनप्रतिनिधि, स्थानीय राजनीतिक व्यक्तित्वहरुलाई कदर प्रदान गरिएको थियो ।

उद्घाटनपछि कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यी केन्द्रहरुबाट प्रवाह हुने सेवाले नागरिकलाई सरकारी कार्यालयमा सेवा लिन गएको अनुभूति होस् भन्ने चाहना भएको बताइन् ।

‘महानगरपालिकाभित्रका सबै विवाद केन्द्रमा आए भने चाहेर पनि सहज न्याय प्रदान गर्न सकिदैन । यसकारण पदवहालीसँगै मैले वडास्तरीय मेलमिलाप केन्द्र स्थापना गर्ने र वडा स्तरीय महिला सञ्जाल गठन गर्ने निर्णय गरेकी थिएँ । आज सबै वडामा दुवै संयन्त्रले स्थापना भएर प्रभावकारी काम भइरहेको छ,’उनले भनिन् ।

उनले महिला नेतृत्वको कुरा गर्दै भनिन्, ‘यी दुईवटै प्रणाली महिलाहरुको नेतृत्वमा सञ्चालित छन् । महिलाले नेतृत्व गरे पनि जिम्मेवारी भनेको लैङ्गिक हिंसा विरुद्धका काम हो । यसमा हिंसामा परेका पुरुषहरुको कुरा पनि सुनुवाइ हुन्छ ।’

यसैगरी काठमाडौं महानगरपालिकाको वडा नं. २९का अध्यक्ष एवं न्यायिक समितिका सदस्य कुश ढकालले लोकतन्त्रको मर्म नै जनताको समस्या उनीहरुकै ठाउँमा समाधान गरिदिनु रहेको बताए ।

महिला सञ्जालका संयोजक रेणु श्रेष्ठका अनुसार २०७९ कार्तिक १३ गते सञ्जाल गठन भए यता ९१ वटा विवाद दर्ता भएका छन् भने दर्ता भएका विवादमध्ये ८८ प्रतिशत मेलमिलापका माध्यमबाट समाधान भएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
ऐतिहासिक ‘मचाती’ त्रिशुल जात्रा सम्पन्न
पछिल्लो समाचार →
स्वास्थ्य बीमामा आबद्ध गराउन प्रोत्साहन गर्ने त्रिविको प्रतिबद्धता

Leave a Comment

Your email address will not be published. Required fields are marked *