Latest News
Kathmandu

वडाध्यक्षको विरोधमा अनसन

वडाध्यक्षको विरोधमा अनसन

जनकपुर । धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलले सार्वजनिक बोट वृक्षहरु कटान गरेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका छन् ।

नगराईन नगरपालिकास्थित जटहीमा शनिबार बिहानदेखि दर्जनभन्दा बढी बोटवृक्ष कटान गरेको विरोधमा स्थानीय रोहित चौधरीले अनिश्चितकालीन अनसनमा बसेका छन् ।

दर्जनभन्दा बढी आँप, लिची, धातृलगायतका रुखहरु काट्ने क्रममा विरोध गर्दा स्थानीय सत्यम् चौधरीलाई समेत कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलको निर्देशनमा उनका मान्छेहरुले कुटपिट गरेको अनसनकारी रोहित चौधरीले जानकारी दिए ।

अनसनमा बस्दै रोहित चौधरीले भने, ‘कार्यवाहक वडाध्यक्ष मण्डलले प्रकृतिलाई दोहन हुने गरी फलफुललगायत प्रकृति तथा वातावरणलाई संरक्षण गर्ने रुखहरु बेमतलबमा काटेको र सोको विरोध गर्दा गुण्डा लगाएर कुटपिट गरेपछि आफूले उनको कार्यशैलीको विरोधमा अनसनमा बसेको छु ।’

उनले कार्यवाहक  वडाध्यक्षको कार्यशैली र रुख काटेको विरोध गरेपछि गुण्डा लगाएर दुव्र्यवहार गर्दैै कुटपिट गर्न थालेपछि आफू अनसनमा बसेको बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सामाजिक सेवा संस्था सँग सहकार्य गर्दै मानव कल्याणमा अघि बढ्छौं मुख्यमन्त्री सिंह
पछिल्लो समाचार →
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

Leave a Comment

Your email address will not be published. Required fields are marked *