Latest News
Kathmandu

पालिकाका पूर्वअध्यक्ष साहसहित चार जनालाई पक्राउ पुर्जी

पालिकाका पूर्वअध्यक्ष साहसहित चार जनालाई पक्राउ पुर्जी

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुणकुमार साहसहित चार जनालाई पक्राउ पुर्जी जारी भएको छ ।

जग्गाको आर्थिक लेनदेनमा रकम ठगी गरेको आरोपमा पक्राउ गर्न जिल्ला अदालत रौतहटले प्रहरीलाई पक्राउ पुर्जी अनुमति दिएको हो ।

गाउँपालिकाका पूर्वअध्यक्ष साह, नापी कार्यालय डिल्लीबजार काठमाडौका नापी अधिकृत सञ्जय साह, काठमाडौँ नागार्जुन ४ बस्ने विमलादेवी श्रेष्ठ र उनका छोरा धिरज श्रेष्ठलाई अदालतले ज्येष्ठ १३ गते इलाका प्रहरी कार्यालय गरुडालाई पक्राउ पुर्जी अनुमति दिएको छ ।

‘पूर्वपालिका अध्यक्ष साहसहितलाई पक्राउ गरेर अनुसन्धान गर्न अदालतले पक्राउ पूर्जी जारी गरेको छ, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले भने,’मुख्य अभियुक्तसँगै पूर्वअध्यक्ष साहलाई पनि प्रहरीले पक्राउको तयारी गरेको छ।’ जग्गाको आर्थिक लेनदेनमा रकम ठगी गरेको आरोप पूर्वअध्यक्ष साहलाई लागेको उनले जानकारी दिए ।

सर्लाहीको हरिपुर वडा नं. ७ मा रहेको जग्गा खरिद गर्न  बापत गरुडा ६ पोठियाहीका सन्तोष कुमार चौधरीले विभिन्न चरणमा १ करोड ४३ लाख रकम नगद र चेक मार्फत रकम दिएपनि जग्गा पास नगराएर आलटाल गर्दै आएको भन्दै उनिहरु विरुद्धमा ठगी मुद्दा दायर गरेका थिए ।

हरिपुरको कितानम्बर ७७३ को ११ कटठा १४ धुर जमिन खरिद गर्दा नापी अधिकृत साहको नाममा रजिस्ट्रेसन पास गरेपनि उनले ०८०÷०८१ मा चौधरीलाई थाहा नदिकन सो जमिन चार कित्ता बनाई चार जनालाई बिक्री गरेर ठगी गरेको आरोप लागेको छ ।

जग्गा खरिद विक्रीमा अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भैसकेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
पछिल्लो समाचार →
संसद्को दुवै सदनको बैठक बस्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *