Latest News
Kathmandu

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

 संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठक सांसद जग प्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पु¥याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने छन् ।

त्यसैगरी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा नियमावली– २०७५ को नियम १३३(क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८२’ सभा समक्ष प्रस्तुत गर्ने छन् ।

 

 

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड क्लबलाई
पछिल्लो समाचार →
इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक ःराष्ट्रपति ट्रम्प

Leave a Comment

Your email address will not be published. Required fields are marked *