Latest News
Kathmandu

जुम्लाको तिला नदी किनारमा मृत पुरुषको शव फेला

जुम्लाको तिला नदी किनारमा मृत पुरुषको शव फेला

जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं ९ खल्लाचौर नजिकै रहेको  तिला नदीको किनारमा बिहिबार बिहान एक अज्ञात पुरुषको मृत शव भेटि एको छ ।

स्थानीय बासिन्दा दिपेन्द्र रावलले जिल्ला प्रहरी कार्यालय, जुम्लालाई टेलिफोन मार्फत उक्त घटनाको जानकारी गराए पछि जिल्ला  प्रहरी कायालय जुम्लाको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा ५ जनाको प्रहरी टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट फोरेन्सिक चिकित्सकसहितको टोली घटनास्थलमा खटिएको छ।

घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर पश्चिममा रहेको छ । प्रारम्भिक जानकारी अनुसार, शवलाई नदीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रहरीका अनुसार मृतकको नाम, ठेगाना र अन्य विवरण अझै खुल्न सकेको छैन। प्रहरीले शवको पहिचान र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको समेत बताएका छन ।

फोरेन्सिक टोलीले शवको पोस्टमार्टमसहित थप जाँच गर्ने तयारी गरेका छन। स्थानीय बासिन्दाले यस्ता घटनाले समुदायमा बढि चिन्ता बढाएको बताएका छन्।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक ःराष्ट्रपति ट्रम्प
पछिल्लो समाचार →
तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

Leave a Comment

Your email address will not be published. Required fields are marked *