Latest News
Kathmandu

प्रदेश सभामा एमाले नेता थपलिया निदाएको तस्बिर भाइरल

प्रदेश सभामा एमाले नेता थपलिया निदाएको तस्बिर भाइरल

हेटौंडा । बागमती प्रदेश सभाको बैठकका क्रममा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको निदाएको तस्बिरले चर्चा पाएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका बीचमा नेता थपलिया निदाएको अवस्थामा क्यामेरामा कैद भएका हुन् । बैठकको प्रत्यक्ष प्रसारणका क्रममा उनी आँखा चिम्लेर अगाडि झुकिरहेको अवस्थामा देखिएका छन् ।

सार्वजनिक भएको तस्बिरले सामाजिक सञ्जालमा चासोको विषय बनिरहेको छ । प्रदेश सभा जस्तो संवैधानिक निकायमा जनप्रतिनिधिको यस्तो व्यवहारप्रति कतिपयले आलोचना गरेका छन् ।

नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित नेता थपलियाले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भौतिक पूर्वाधार र पर्यटनमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
पछिल्लो समाचार →
विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री

Leave a Comment

Your email address will not be published. Required fields are marked *