Latest News
Kathmandu

वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ : मन्त्री यादव

वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ : मन्त्री यादव

वीरगञ्ज (पर्सा) । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले खानेपानीको गम्भीर अभाव सिर्जना भएको वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गरिने बिश्वास व्यक्त गरेका छन् ।

मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा, टोल तथा घर घरमा पुगेर निरीक्षण तथा अनुगमन गरि तत्कालै खानेपानीको समस्या समाधान गर्न आफु लागि परेको बताए ।

उनले भने,‘वीरगन्जसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न म पहल गरिरहेको छु । सयौँ ठाउँमा डिप बोरिङ जडान भइ खानेपानी आपूर्ति भइरहेका छन् । अन्य समस्या ग्रस्थ क्षेत्रमा पनि डिप बोरिङ जडानको कार्य सुरु भएकाले यहाँको समस्या चाडै समाधान हुनेछ ।’

खानेपानीको समस्या ग्रस्थ भएका यहाँका विभिन्न वडा, गाउँ तथा टोलहरुमा निरीक्षण गर्नु हुँदै मन्त्री यादवले पछिल्लो समय जनताले भोगिरहेको खानेपानीको अभावले आफू निकै चिन्तित भएको बताए ।

वीरगञ्जसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न म स्थलगत रुपमा अनुगमनमा निस्किएको छु । जनताको अत्यावश्यक आवश्यकताको रूपमा रहेको खानेपानीको समस्या समाधानमा कुनै कसर बाँकी राखिने छैन । सरकारको तर्फबाट तीव्र पहल भइरहेको छ ।’उनले भने

मन्त्री यादव सहितको टोलीले वीरगञ्ज महानगरपालिकाका–११ का श्रीपुर, नयाँ बस्ती, रानीघाट, ओमआश्रम, वडा नं १२ का मुर्ली नएका टोला, ब्रह्मचोक,  वडा नं १२ का राधेमाई, पण्डितटोल, तीजार्थटोल, मुरली गाउँ, नएको टोल, वडा नं १४ का बहुँअरी राधेमाई, पिपरा, वडा नं १५ का भिष्वा नयाँ बस्ति, लक्ष्मनुवा, वडा नं २१ का तत्वाटोल, ताजपुर, कोईरिया टोल ,परवानापूर वडा नं २४ का रामगढवा, रानीघाट, नयाँ बस्ती, बहुँवरी, वडा नं २६ को सुगौली, अटराहा, वडा नं २५ को डाईपोर्ट, सिरसिया वडा नं १७ को अलौँ, वडा नं १० को घडिहरवा, रानीघाट, वडानं ९ लगायत विभिन्न टोल र घरघरमा अनुगमन तथा निरीक्षण गरेका थिए ।

जलवायु परिर्वतनका कारण यहाँका पानीका चापाकल सुक्दै गएका र खानेपानीको चरम अभाव भएपछि मन्त्री यादव सहित नेपाल खानेपानी संस्थानका कर्मचारीको टोलीले समस्या समाधानका उपाय सहित अनुगमन तथा निरीक्षण गरेको थियो ।

स्थानीय तहसँग सहकार्य गर्दै यहाँको खानेपानीको समस्या समाधान गर्न आफु पूर्ण प्रतिबद्ध रहेको समेत मन्त्री यादवले विश्वास दिलाए ।

उनले भने,‘यो संकटको समाधानका लागि आवश्यक रणनीति, स्रोत परिचालन र दीर्घकालीन योजना निर्माणमा मेरो पहल जारी रहनेछ । विपतको समयमा सबैको साथ तथा सबैको हाथको आशा पनि राखेको छु ।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
६ वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसुची
पछिल्लो समाचार →
साम्बासहित १० खेलाडीलाई इन्साइटभिजन स्कुल र राजधानीक्याम्पसको सम्मान

Leave a Comment

Your email address will not be published. Required fields are marked *