Latest News
Kathmandu

वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय : मुख्यमन्त्री सिंह

वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय : मुख्यमन्त्री सिंह

जनकपुर । मुख्यमन्त्री सतिश कुमार सिंहले वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय भएको बताएका छन् ।

राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधामद्वारा आयोजित प्रदेश स्तरीय स्रोत परिचालन समिति तथा प्रदेश समन्वय समितिको संयुक्त बैठकको बिहीबार धनुषाको लालगढ़मा उदघाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय खोलाको सतह बढ्दै जानु खतरापूर्ण रहेको बताए ।

मौसमको प्रतिकुलता र वातावरणीय असन्तुलनले प्राकृतिक प्रकोप बढने खतरा रहेको बताउँदै मुख्यमन्त्री सिंहले चुरे संरक्षणमा तिनै तहका सरकारको साझा प्रयास आवश्यक रहेको बताए ।

चुरेको मरुभुमीकरण रोक्न र नदीको संरचनाहरुको सुरक्षाका लागि नदीजन्य पदार्थको वातावरणमैत्री उत्खनन गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री सिंहले वातावरणमैत्री उत्खननवाट प्राप्त नदीजन्य पदार्थको निर्यात मार्फत आम्दानी समेत वृद्धि गर्ने तर्फ अग्रसर हुनुपर्नेमा जोड़ दिए ।

प्रदेश सरकार संरचनामा आएपछि आर्थिक वर्ष २०८१÷८२ मा सबभन्दा बढी ७१.४८ प्रतिसत बजेट खर्च भएकोमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री सिंहले यो उपलब्धीका लागि प्रदेश सरकार मातहतका कर्मचारी र सरोकारवाला सबैलाई धन्यवाद दिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रसुवा बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द, ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकियो
पछिल्लो समाचार →
आजको मौसम : देशभर वर्षाको सम्भावना

Leave a Comment

Your email address will not be published. Required fields are marked *