Latest News
Kathmandu

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बिहीबार साँझ बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुदा धान रोपाईमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको जनाइएको छ ।

बैठकले सुख्खाग्रस्त मधेश प्रदेशका किसानहरुका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसंग आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरुलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।

बैठकले पर्साको वीरगंज सहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ ।

खानेपानी संकट समाधानमा आवश्यक सहयोग गर्न संघीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्कर सहितका विभिन्न माध्यमवाट पानीको आपूर्ति मिलाउने निर्णय समेत  मन्त्रिपरिषदले गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड
पछिल्लो समाचार →
युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि काम गरौं : ओली

Leave a Comment

Your email address will not be published. Required fields are marked *