Latest News
Kathmandu

वालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ

वालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ

काठमाडौं । नेपाल विद्यार्थी संघ, काठमाडौं कार्यसमितिले आज (शुक्रबार) राजधानीको बालुवाटारमा गरेको प्रदर्शनमा विद्यार्थी नेताहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघ, काठमाडौंका अध्यक्ष अंशुल केसी, सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, चन्द्रागिरी उपाध्यक्ष रोहन देशार, त्रिचन्द्र क्याम्पसका सतिश यादव र काठमाडौं सहसचिव प्रस्ताव केसी रहेका छन् ।

नेविसंघले विद्यालय भर्नामा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्तिको परादर्शी ब्यवस्था र न्यायोचित बितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति हुनुपर्नेसमेतका माग राखेर प्रदर्शन गरेको नेविसंघका केन्द्रीय सदस्य भूपेन्द्र सिं थेबेले बताए ।

नेविसंघले पक्राउ परेका नेविसंघका नेता तथा कार्यकर्ताको तत्काल रिहाइको माग गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि काम गरौं : ओली
पछिल्लो समाचार →
🏯 फुलारी गुम्बा – शान्त वातावरण र काठमाडौंको मनोरम दृश्य 🌄

Leave a Comment

Your email address will not be published. Required fields are marked *