Latest News
Kathmandu

एमालेको सचिवालय बैठक आज

एमालेको सचिवालय बैठक आज

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरूमा व्यापक छलफल र निर्णयहरू हुनेछन् ।

यस्तै बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाकाहरू प्रस्तुत गर्ने छन् .त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ ।

सचिवालय बैठकले साउन २ गते बस्ने पार्टी पोलिटब्युरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको कार्यसूची पनि तय गर्नेछ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
साउने सङ्क्रान्तिमा प्रधानमन्त्रीको शुभकामना ,साउने धरती झैं सबैका मनमा हरियाली छाओस्
पछिल्लो समाचार →
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

Leave a Comment

Your email address will not be published. Required fields are marked *