Latest News
Kathmandu

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका नगर सचिव दिक्षान्स खड्काद्वारा सडक पीडितका पक्षमा सशक्त मन्तव्य

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका नगर सचिव दिक्षान्स खड्काद्वारा सडक पीडितका पक्षमा सशक्त मन्तव्य

हेटौडा : हेटौडामा जारी २५ मिटर सडक विस्तार सम्बन्धी बहसको बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका नगर सचिव दिक्षान्स खड्काले सडक पीडितको पक्षमा दृढ आवाज उठाएका छन्। जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विकासका नाममा जनताको घर–जग्गामाथि अन्याय हुन नहुने स्पष्ट रूपमा बताएका छन्।

खड्काले सडक विस्तारलाई आवश्यक र अवश्य हुने कार्य बताए पनि त्यसको सुरुआत सडकको नाममा राजनीति गर्ने मुख्य नेताहरूका घरबाट नै गर्नुपर्ने धारणा राखे। “विकास सबैलाई चाहिएको छ, तर विकासको नाममा अन्याय कसैलाई स्वीकार्य छैन,” उनले भने।

कार्यक्रमकै क्रममा उनले हेटौडा–९ को सडक सीमांकनसम्बन्धी विषय सिडियोमार्फत सम्बन्धित अधिकारीमा पु-याएको जानकारी पनि दिए।

सडक प्रभावित ८ र ९ नम्बर वडाका नागरिकहरू प्रति आफ्नो निरन्तर साथ रहने प्रतिवद्धता व्यक्त गर्दै खड्काले भने,
“म सधैँ ९ र ८ नम्बर वडाका सडक पीडितहरूको पक्षमै छु। आज होस् वा भोलि, परिस्थिति जस्तोसुकै आए पनि मेरो आवाज सधैँ पीडितकै लागि उठ्नेछ। घर–जग्गा, पसिना र जीवनभरको मेहनत सुरक्षित राख्ने अधिकार हरेक नागरिकले पाउनैपर्छ।”

उचित मौजा, पारदर्शिता र न्यायपूर्ण प्रक्रिया सुनिश्चित नभएसम्म सडक प्रभावितहरूको संघर्षमा आफू निरन्तर साथ रहने बताउँदै उनले अन्यायको अगाडि कहिल्यै नझुक्ने दृढ प्रतिज्ञा दोहोर्याए।

स्थानिय स्तरमै बढ्दै गएको असन्तोषबीच खड्काको अभिव्यक्तिलाई सडक पीडितहरूले राहतको स्वरूपमा लिएको देखिएको छ।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
दृष्टिविहीन महिला टोलीको गुनासो : सहयोग नपाउँदै ट्रफी हातबाट फुत्कियो
पछिल्लो समाचार →
हेटौँडामा २५/२५ गज सडक विस्तार विवाद फेरि तातेको छ : प्रशासन सक्रिय, स्थानीय चिन्तित

Leave a Comment

Your email address will not be published. Required fields are marked *