Latest News
Kathmandu

प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस

प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसमा परेका छन् ।

नेपाल प्रहरी संगठनको कार्यसम्पादन, नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीप्रतिको प्रतिबद्धताको आधारमा गरिएको बढुवा प्रक्रियामा एसपी बोहरा एसएसपीमा सिफारिस भएका हुन् ।

मकवानपुरमा रहँदा उनले शान्ति–सुरक्षा मजबुत बनाउने, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका थिए ।

बोहराको कार्यकालमा मकवानपुर जिल्लामा प्रहरी–नागरिक सम्बन्ध सुधार, संवेदनशील घटनाको छिटो छरितो अनुसन्धान, तथा सार्वजनिक सुरक्षामा उल्लेखनीय सुधार देखिएको स्थानीयको भनाइ छ। साथै, उनको नेतृत्वमा विभिन्न चुनौतीपूर्ण परिस्थितिहरूलाई संयमतापूर्वक व्यवस्थापन गरिएको थियो।

प्रहरी संगठनभित्र अनुशासित, कार्यकुशल र परिणाममुखी अधिकारीका रूपमा परिचित बोहराको बढुवा सिफारिसले संगठनमा थप जिम्मेवारी र अपेक्षा बढ्ने विश्वास गरिएको छ।

बढुवा सिफारिसपछि मकवानपुरका सरोकारवालाहरूले एसपी बोहरालाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी कार्यकालका लागि सफलताको कामना गरेका छन्।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ ४ देखि
पछिल्लो समाचार →
रौतहटमा धान उत्पादनमा २१ हजार मेट्रिक टनले गिरावट, किसान चिन्तित

Leave a Comment

Your email address will not be published. Required fields are marked *