Latest News
Kathmandu

बागमती गाउँपालिका–१ र २ जोड्ने चिरुवा खोलामा पुल निर्माणका लागि २५ करोड बजेट सुनिश्चित

बागमती गाउँपालिका–१ र २ जोड्ने चिरुवा खोलामा पुल निर्माणका लागि २५ करोड बजेट सुनिश्चित

मकवानपुर। मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित बागमती गाउँपालिका वडा नम्बर १ र २ लाई जोड्ने चिरुवा खोलामा पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट रु २५ करोड बजेटको स्रोत सहमति सुनिश्चित भएको छ। लामो समयदेखि पुलको अभावमा स्थानीयवासीले भोग्दै आएको सास्ती, दुःख र जोखिम अब अन्त्य हुने दिशातर्फ अघि बढेको छ।

वर्षायाममा खोलामा पानी बढ्दा आवतजावत गर्न ज्यानकै जोखिम मोल्नुपर्ने बाध्यता रहेको थियो। पुल निर्माण सुनिश्चित भएसँगै अब उक्त समस्या इतिहास बन्ने स्थानीयवासीको विश्वास छ।

यस महत्वपूर्ण उपलब्धिका लागि पुल निर्माणका लागि निरन्तर पहल, दबाब र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा पूर्व सांसद दिपक बहादुर सिंहप्रति स्थानीयवासीले हार्दिक आभार तथा सम्मान व्यक्त गरेका छन्। उहाँको दृढ इच्छाशक्ति र जनताप्रतिको प्रतिबद्धताका कारण लामो समयदेखि अधुरो रहेको सपना साकार हुने चरणमा पुगेको बताइएको छ।

पुल निर्माण सम्पन्न भएसँगै आवतजावत सहज हुनुका साथै शिक्षा, स्वास्थ्य सेवा, व्यापार–व्यवसाय र समग्र स्थानीय विकासले नयाँ गति लिने अपेक्षा गरिएको छ। स्थानीय जनताको आवाजलाई सुनेर व्यवहारमा उतार्ने नेतृत्वको रूपमा सिंहको भूमिकाको प्रशंसा गरिएको छ।

अर्थ मन्त्रालय, काठमाडौंको स्रोत सहमतिसँगै अब चिरुवा खोलामा पुल निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने भएको छ।

📤 Share this story:
Dikshynsa khadka

Dikshynsa khadka

Staff Reporter

← अगिल्लो समाचार
प्रशान्त तामाङकी पत्नीले भनिन ‘उहाँको निद्रामा नै प्राकृतिक मृत्यु भएको हो’
पछिल्लो समाचार →
टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *