Latest News
Kathmandu

आमसभालाई सम्बोधन गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ धनगढीमा

आमसभालाई सम्बोधन गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ धनगढीमा

धनगढीउज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङ देश दौडाहका क्रममा विहीबार धनगढी पुगेका छन्। दिउँसो धनगढी विमानस्थलमा समर्थकहरूले स्वागत गरेका छन्।

स्थानीय जनसमुदाय, पार्टीका नेता तथा कार्यकर्ताहरूले घिसिङलाई फूलमाला, खादा र नाराबाजीसहित बाइक ¥याली गरेर स्वागत गरेका छन्।

विहान आफ्नै निर्वाचन क्षेत्र काठमाडौं-३ मा घरदैलो गरेका घिसिङ धनगढी हुँदै विभिन्न जिल्ला पुग्ने कार्यक्रम तय भएको छ। उनी कञ्चनपुर, कैलाली र बर्दियामा हुने आमसभामा सहभागी हुनेछन्।

सुदूरपश्चिमको भ्रमण सकेर उनी काठमाडौं फर्किने र त्यसपछि अन्य जिल्लाको भ्रमणमा निस्कने कार्यक्रम छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
📍 सुनसान लुक्ला र नाम्चे बजार (तस्विरहरू)
पछिल्लो समाचार →
जलवायु परिवर्तनले पर्यटन घट्दा महिलामुखी परिवार बढी प्रभावित : मन्त्री श्रेष्ठ

Leave a Comment

Your email address will not be published. Required fields are marked *