Latest News
Kathmandu

मकवानपुर–१ मा महालक्ष्मी उपाध्यायको दाबी : ‘चुनौती पार गर्दै जित सुनिश्चित गर्छु’

मकवानपुर–१ मा महालक्ष्मी उपाध्यायको दाबी : ‘चुनौती पार गर्दै जित सुनिश्चित गर्छु’

मकवानपुरनेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय ले पुरुषप्रधान समाजमा चुनाव लड्नु चुनौतीपूर्ण भए पनि आफूले ती सबै चुनौती पार गर्दै अघि बढेको बताएकी छन्।

चुनावी भेटघाटका क्रममा बोल्दै उपाध्यायले आफ्नो राजनीतिक यात्रालाई संघर्षपूर्ण तर आत्मविश्वासले भरिएको रहेको बताइन्।
चुनौतीहरू पार गर्दै यहाँसम्म आइपुगेकी छु, अब बाँकी चुनौती पनि पार गरेर अघि बढ्छु,” उनले भनिन्।

उपाध्यायका अनुसार प्रतिस्पर्धामा रहेका सबै राजनीतिक दलले आ–आफ्नो मोडेल र एजेन्डा प्रस्तुत गरिरहेका छन्। तर नेपाली कांग्रेस ले देश, लोकतन्त्र र संविधानको संरक्षणमा खेलेको भूमिकालाई आधार बनाएर फरक ढंगले मतदातामाझ प्रस्तुत भइरहेको छ।

उपाध्यायले भनिन्, “देशलाई संकटबाट जोगाउने, लोकतन्त्र र संविधानको रक्षा गर्ने कार्यमा नेपाली कांग्रेस अग्रपंक्तिमा रहँदै आएको छ। अब ती उपलब्धिहरूलाई अझ व्यवस्थित र सुदृढ बनाउँदै मुलुकलाई रूपान्तरण गर्ने लक्ष्य हाम्रो हो।

उनले नेपाली कांग्रेसलाई सबै वर्ग, समुदाय र मुद्दा समेट्न सक्ने मूलधारको पार्टी का रूपमा चित्रित गर्दै मतदाताले अन्ततः सही निर्णय गर्ने विश्वास व्यक्त गरिन्।

महिला मतदाताबाट आफूले विशेष साथ पाएको दाबी गर्दै उपाध्यायले संविधानलाई महिला मैत्री बनाउन र महिला अधिकार सुनिश्चित गर्न खेलेको भूमिकालाई मतदाताले मूल्यांकन गरिरहेको उल्लेख गरिन्।

उनका अनुसार महिला सशक्तीकरण, समान अधिकार र समावेशी सहभागिता नै उनको चुनावी अभियानको मुख्य आधार हो। पुरुषप्रधान संरचनाभित्र प्रतिस्पर्धा गर्नुपरे पनि महिला नेतृत्व स्थापित गर्ने संकल्पका साथ आफू अघि बढेको उनले स्पष्ट पारिन्।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
जलवायु परिवर्तनले पर्यटन घट्दा महिलामुखी परिवार बढी प्रभावित : मन्त्री श्रेष्ठ
पछिल्लो समाचार →
‘रमिताको पिरती’लाई दर्शकको सकारात्मक प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *