भाषा परीक्षा पास भएकाहरु सीप परीक्षणमा सहभागी हुनेछन् । कृषि तथा पशुपालनतर्फका आवेदकको सीप परीक्षण २६वैशाख देखि १३ जेठसम्म पहिलो चरणमा र २४ जेठदेखि १६असारसम्म दोस्रो चरणमा हुनेछ ।
उत्पादनमुलक क्षेत्रका आवेदकहरुले सीप परीक्षणको २० असारदेखि १० भदौसम्म र दोस्रो चरणमा १६ भदौदेखि २१ असोजसम्म सञ्चालन हुनेछ ।
ईपीएस कोरिया शाखाका अनुसार करिब ९ हजार ६५४ जना भाषा परीक्षामा पास हुनेछन् । यसका लागि उत्पादनमुलतर्फ ६ हजार ९१३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७४१ जना उत्तीर्ण हुनेछन् ।