Latest News
Kathmandu

चैत १४ देखि कोरियाली भाषा परीक्षाको आवेदन खुल्ने

चैत १४ देखि कोरियाली भाषा परीक्षाको आवेदन खुल्ने

काठमाडौं । दुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षा आगामी वर्षबाट फेरि सुरु हुने भएको छ । परीक्षाका लागि वैदेशिक रोजगार विभागअन्तरगतको ईपीएस कोरिया शाखाले आवेदन माग गरेको छ ।

आवेदन चैत १४ देखि २१ गतेसम्म दर्ता हुनेछ ।  eoers. epsnepal.gov.npमा गएर अनलाइन आवेदन भर्न सकिन्छ ।  योग्यता पुगेका एक व्यक्तिले एउटा मात्रै क्षेत्रमा आनवेदन भर्न पाउँछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका व्यक्तिले फारम भर्न पाउने शाखाले जनाएको छ ।

परीक्षा काठमाडौंमा नै हुनेछ । कृषि तथा पशुपालनतर्फ आवेदन भर्नेहरुले २६ वैशाख (२०७९)देखि १३ जेठसम्म पहिलो चरणमा र २४ जेठदेखि १६असारसम्म दोस्रो चरणमा परीक्षा भएको छ ।

उत्पादनमुलक क्षेत्रमा जान आवेदन भर्नेहरुले २० असारदेखि १० भदौसम्म पहिलो चरणमा १६ भदौदेखि २१ असोजसम्म दोस्रो चरणमा परीक्षा हुनेछ ।

भाषा परीक्षा पास भएकाहरु सीप परीक्षणमा सहभागी हुनेछन् । कृषि तथा पशुपालनतर्फका आवेदकको सीप परीक्षण २६वैशाख देखि १३ जेठसम्म पहिलो चरणमा र २४ जेठदेखि १६असारसम्म दोस्रो चरणमा हुनेछ ।

उत्पादनमुलक क्षेत्रका आवेदकहरुले सीप परीक्षणको  २० असारदेखि १० भदौसम्म र दोस्रो चरणमा १६ भदौदेखि २१ असोजसम्म सञ्चालन हुनेछ ।

ईपीएस कोरिया शाखाका अनुसार करिब ९ हजार ६५४ जना भाषा परीक्षामा पास हुनेछन् । यसका लागि उत्पादनमुलतर्फ ६ हजार ९१३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७४१ जना उत्तीर्ण हुनेछन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रधानमन्त्री देउवा भीम रावलमाथि खनिए
पछिल्लो समाचार →
कर्णाली प्रदेशका सबैको घरमा दुई वर्षभित्र बिजुली : कुलमान

Leave a Comment

Your email address will not be published. Required fields are marked *