युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि ३ जना नायव महानिरीक्षक (डीआईजी)को नाम सिफारिस भएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले डीआईजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

जसको पहिलो नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी बसन्तकुमार पन्त रहेका छन् भने दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी धीरजप्रताप सिंह रहेका छन् । बढुवा सिफारिसको तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्र बहादुर धानुक रहेका छन् ।

सरकारले केही दिन अघि नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको थियो । बढुवा सिफारिस समितिको सिफारिसानुसार मन्त्रिपरिषद्‌ बैठकले ३ जनालाई एआईजीमा बढुवा गरे आगामी बैशाख १९ पछि नियुक्त हुने प्रहरी महानिरीक्षकमा पाँच जना एआईजी प्रतिस्पर्धी हुने देखिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित ख