Latest News
Kathmandu

कसरी लिन सकिन्छ सहुलियत कर्जा बैंकबाट

कसरी लिन सकिन्छ सहुलियत कर्जा बैंकबाट

बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा नेपाल सरकारबाट ब्याज अनुदान सुविधा उपलब्ध हुने गरी प्रवाह हुने कर्जालाई नै सहुलियतपूणर् कर्जा भनिन्छ । सबै किसिमका व्यवसाय सञ्चालन गर्नका लागि यो कर्जा पाइँदैन ।

विशेषगरी कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्घि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन बैंक तथा वित्तीय संस्थाहरुले यो कर्जा लगानी गर्ने गर्छन् ।

यसैगरी महिलामा उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवम् प्रवद्र्धन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि तथा भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि यो कर्जा प्रवाह गरिन्छ ।

क-कसले पाउँछन् सहुलियत कर्जा ?

सहुलियतपूणर् कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार प्रवाह हुने १० प्रकारका कर्जाका लागी कार्यविधिको अनुसूची १ मा तोकिएका व्यवसाय गर्न सहुलियतपूणर् कर्जा पाइन्छ ।

कार्यविधि अनुसार प्रति ऋणी ५ करोड रुपैयाँसम्म प्रवाह हुने व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, ७ लाखसम्म प्रवाह हुने शिक्षित युवा स्वरोजगार कर्जा, १० लाखसम्म प्रवाह हुने विदेशबाट फर्केका युवा परियोजना कर्जा, १० लाखसम्म प्रवाह हुने दलित समुदाय व्यवसाय विकास कर्जा, ५ लाखसम्म प्रवाह हुने उच्च र प्राविधिक तथा व्यावसायिक कर्जा र रु.३ लाखसम्म प्रवाह हुने भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जामा ५ प्रतिशत र १५ लाखसम्म प्रवाह हुने महिला उद्यमशील कर्जामा ६ प्रतिशत व्याज अनुदान दिने व्यवस्था रहेको छ ।

भुक्तानी अवधि बढीमा ५ वर्षको हुने यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले आप्mनो आधारदरमा २ प्रतिशत बिन्दुसम्म थप गरी व्याजदर कायम गर्न सक्ने र व्याज बाहेक अन्य कुनै शुल्क नलाग्ने कार्यविधिमा उल्लेख छ । यस अन्तर्गत प्रवाह हुने कर्जाको सुरक्षण र परियोजनाको बीमा हुने समेत व्यवस्था छ ।

१० लाख रुपैयाँ भन्दा बढीको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा बाहेक अन्य सहुलियतपूणर् कर्जाहरूको बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत सुरक्षण गराउँदा लाग्ने शुल्कको ७५ प्रतिशत अनुदान उपलब्ध हुनेछ ।

यसै गरी १० लाख रुपैयाँ भन्दा बढीको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा बाहेक अन्य सहुलियतपूणर् कर्जा लिई गरिने व्यवसायको बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान उपलब्ध हुनेछ । व्यावसायिक रुपमा गरिएको कृषि तथा पशुपन्छीजन्य व्यवसायका लागि ५ करोडसम्म व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह हुने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाहरूले रु.१० लाखसम्मको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा सामूहिक जमानीमा र सो भन्दा बढीको कर्जा व्यावसायिक परियोजना धितोमा प्रवाह गर्न सक्नेछन् । महिलाहरूलाई एकल वा सामूहिक रूपमा उद्यमशील बन्न रु.१५ लाखसम्म प्रवाह हुने कर्जा महिला उद्यमशील कर्जा हो। १८ वर्ष उमेर पूरा भएका महिला वा फरक परिवारका कम्तीमा पाँच जना १८ वर्ष उमेर पूरा भएका महिलाहरूको समूहले सामूहिक जमानीमा यस्तो कर्जा लिन सक्नेछन् ।

बैंकबाट कसरी लिन सकिन्छ ?

सहुलियत कर्जा लिनका लागि सबैभन्दा पहिले नजिकको कुनै बैंक शाखामा सम्पर्क राख्नुपर्छ । बैंक शाखाले तोकिएको ढाँचा निवेदन दिने र साथमा के-का लागि ऋण दिने भन्ने विषयमा व्यवसायी योजना (प्रोजेक्ट प्लान) बुझाउनु पर्ने हुन्छ । व्यवसायी योजनामा चित्त बुझे बैंकले ऋण स्वीकृत गर्दछ । स्वीकृत नगरेको भए के-कारणले स्वीकृत नगरेको हो सो विषयमा बैंकले निवेदकलाई जानकारी दिनेछ ।

के बैंकले सजिलै दिन्छन् ?

सबै बैंकहरुले सहुलियतपूणर् कर्जा दिनै पर्ने व्यवस्था छ । तर बैंकहरुले सहुलियत कर्जा नदिएका गुनासाहरु समेत प्रसस्तै आउने गरेका छन् । ऋण लिन चाहानेहरुले प्रक्रिया पूरा नगर्ने र ऋण नदिएको भनेर गुनासो गर्ने गरेको बैंकका सीईओहरुले बताउँदै आएका छन् ।

निवेदकले सबै प्रक्रिया पूरा गरे पनि बैंकले ऋण दिएन भने वा सहुलियतपूणर् कर्जाका बारेमा कुनै गुनासो भएमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग वा यस बैंकको प्रदेशस्थित कार्यालयहरूमा गुनासो गर्न सकिन्छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अब प्रश्न गर्छ, जवाफ खोज्छ : कमजोर छैन कर्णाली
पछिल्लो समाचार →
अमेरिकी राष्ट्रपति बाइडनमाथि रुसले प्रतिबन्ध लगायो

Leave a Comment

Your email address will not be published. Required fields are marked *