
काठमाडाैँ । युएईसँग खेलिरहेको नेपालले पाँचौ विकेट पनि गुमाएको छ। नेपालका लागि ब्याट्सम्यान आरिफ शेख १५ रनमा आउट भएका हुन्।
ताजा अवस्थामा नेपाल २०.४ ओभर खेल्दै ५४ रनमा रहेको छ।
यसअघि क्रमश: कुशल भुर्तेल ५, पवन शराफ २, दिपेन्द्र सिंह एरी शून्य र रोहित पौडैल ९ रनमा आउट भइसकेका छन्।
युएईले नेपाललाई जितका लागि ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रनको लक्ष्य दिएको छ।