Latest News
Kathmandu

आफन्त कुर्दा सय रुपैयाँसम्म शुल्क त्रिभुवन विमानस्थलको प्रतिक्षालयमा

आफन्त कुर्दा सय रुपैयाँसम्म शुल्क त्रिभुवन विमानस्थलको प्रतिक्षालयमा

काठमाडौं । साउदी अरेबियाबाट फर्किंदै गरेको नातिनी लिन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको लामो टहरामा नुवकोटकी ६९ वर्षीया कान्छीमाया दोङलाई आधा घण्टाभन्दा बढी उभिन समस्या पर्‍यो । आगमन कक्षको एउटा प्रतिक्षालयमा मान्छेहरु बसिरहेको देखेपछि त्यतै जान लाग्दा सेक्युरिटी गार्डले दोङलाई रोक्दै भने, ‘कुर्सीमा बस्ने भए टिकट काटेर आउनुस्’ ।

विमानस्थलमा यसअघि पनि नातिनी लिन पटक–पटक आउँदा उनलाई टिकट काटेर प्रतिक्षालयमा बस्नु परेको थिएन । उनी टिकट काउन्टरमा पुगेर टिकट माग्दा सोधियो, ५० रुपैयाँको लिने कि एक सयको ? ‘नातिनीले ट्याक्सी चढ्न एक हजार जति ल्याउनु भनेकी थिई, त्यही भएर धैरै पैसा बोकेर आइनँ,’ उनले अनलाइनखबरसँग गुनासो पोख्दै भनिन्, ‘अब एयरपोर्टमा आफ्ना मान्छे कुर्न पनि सय रुपैयाँ पैसा चाहिने भएछ ।’ उनी त्यसपछि फेरि त्यही लामो टहरोको भीडमा गएर उभिइन् । पैसा हुनेहरु टिक काट्दै प्रतिक्षालयमा पुगिरहँदा दोङको अनुहार भने मलिन थियो ।

त्रिभुवन विमानस्थलमा करिब ३ महिनादेखि आगमनतर्फ जाने यात्रुलाई प्रतिक्षालयमा बस्नका लागि शुल्क लिन थालिएको छ । त्रिभुवन विमानस्थलले आगनतर्फको भागको व्यवस्थापन ‘आईएमएस एयरपोर्ट सर्भिस’लाई जिम्मा लगाएपछि त्यहाँ जाने यात्रुका आफन्त तथा साथीभाइ अनेक बाहनामा ठगिन थालेका छन् । कम्पनीले ‘सुपररियर’ र ‘डिलक्स’ रुम छुट्ययाएर शुल्क तिर्नेहरुलाई आगमन कक्षको भित्रैसम्म जान दिने गरेको छ । प्रतिव्यक्ति सय रुपैयाँ तिर्नेहरुले त यात्रुलाई आगमन कक्षको भित्री भागसम्मै पुगेर स्वागत गर्न पाउँछन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
वर्षाले कमेन्टको बाढी आएपछि बिकिनी तस्वीर हटाइन्
पछिल्लो समाचार →
शिक्षाको दिल्ली मोडेल

Leave a Comment

Your email address will not be published. Required fields are marked *