Latest News
Kathmandu

वायुसेवा कम्पनीले भने उडान धमाधम रद्द र डिले हुन थालेपछि फोन गरेर आउनुहोस्

वायुसेवा कम्पनीले भने उडान धमाधम रद्द र डिले हुन थालेपछि फोन गरेर आउनुहोस्

काठमाडौं । त्रिभुवन विमानस्थलको सूचना प्रणाली तथा राडारमा आएको खराबीका कारण बिहीबार बिहानैबाट आन्तरिक तथा बाहृय दुवै तर्फका उडान प्रभावित बनेका छन् । जसले गर्दा आज बिहानका लागि निर्धारित विभिन्न सेक्टरका उडान रद्द भएका छन् । यति एयरलाइन्सका अनुसार पोखरा, भैरहवा र विराटनगरका लागि निर्धारित तीन उडान रद्द भइसकेको छ । अन्य उडानहरू डिले भएको छ ।

अहिले त्रिभुवन विमानस्थलले प्रत्येक १५ मिनेटमा एक उडान वा अवतरण गर्न सकिने गरी प्रणाली चलाइरहेको छ । सामान्य अवस्थामा २-३ मिनेटकै अन्तरमा उडान/अवतरण हुने गर्छ । संचार उपकरण भएको विल्डिङमा पानी लिकेज भएर प्रणालीहरुमा खराबी आएको बताइएको छ ।

विमानस्थलमा समस्या आएपछि बिहीबार बिहानै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले अनुगमनसमेत गरेको छ ।

उता वायुसेवा कम्पनीहरूले भने जहाज उडानमा ढिलाइले उडानहरू प्रभावित भएको भन्दै यात्रुलाई फोन गरेर निर्धारित समयमा मात्र विमानस्थलमा जान अनुरोध गरेका छन् । यति एयरलाइन्सले ०१-५९७००७४ मा फोन गर्न भनेको छ । बुद्ध एयरले उडान सम्बन्धी सबै जानकारी एपमा रहेको भन्दै त्यसमा समय हेरेर मात्र विमानस्थल जान सूचित गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
महिला भलिबललाई चोटले पिरोलेको
पछिल्लो समाचार →
थलीमा बाटो अवरुद्ध जोरपाटी-साँखु सडक पिच गर्न माग गर्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *