Latest News
Kathmandu

नेपालको प्रस्ताव बिजुली किन्न भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा

नेपालको प्रस्ताव बिजुली किन्न भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा

काठमाडाैँ । नेपालले इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)बाट बिजुली किन्नका लागि प्रतियुनिट ३८ रुपैयाँमा प्रस्ताव हालेको छ । आईईएक्सबाट बिजुली किन्नका लागि प्रतियुनिट भारु २० रुपैयाँमा प्रस्ताव हालेको र ह्विलिङ चार्ज तथा कमिसन समेत गरेर उक्त बिजुली ३८ रुपैयाँमा नेपालले पाउने प्राधिकरणले जनाएको छ ।

विद्युतको माग र आपूर्तिको अवस्थाबारे जानकारी गराउन भन्दै प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा विद्युत् भार प्रक्षेपण केन्द्रका प्रमुख सुरेश भट्टराईले बिहीबार राति १२ बजेदेखि बिजुली किन्नका लागि प्रतियुनिट औसत भारु २० रुपैयाँमा प्रस्ताव हालेको बताए ।

`आज रातिदेखि कम्तिमा ७ हजार मेगावाट आवर बिजुली नेपाल आउँछ र सबै उद्योगले बिजुली पाउँछन्´ भट्टराईले भने । बुधबार र बिहीबार सस्तोमा बिजुली नपाएपछि शुक्रबारका लागि महँगोमा प्रस्ताव हालेको प्राधिकरणले जनाएको छ । नेपालभित्रको आन्तरिक माग ३१ हजार मेगावाट आवर रहेकोमा प्राधिकरणले १२ हजार मेगावाट आवर भारतबाट आयात गरिरहेको छ । गत वर्ष चैतमा १३ सय मेगावाट माग रहेकोमा अहिले १६ सय मेगावाट रहेको छ । जसमध्ये ९ सय मेगावाट आन्तरिक उत्पादन भैरहेको छ । गतवर्ष चैतमा नेपालले ८ सय मेगावाटसम्म भारतबाट आयात गरेको थियो ।

 

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विवेकको ट्वीटपछि कपिल शर्मा ट्रोल भए, शो बहिस्कार गर्ने चेतावनी
पछिल्लो समाचार →
थाइल्यान्डसँग आज नेपाल खेल्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *