Latest News
Kathmandu

आयोजना छिटो अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई ओलीको आग्रह

आयोजना छिटो अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई बीआरआईसँग सम्बन्धित आयोजनाहरु छिटोभन्दा छिटो अगाडि बढाउन आग्रह गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँग आज बिहान भएको भेटवार्तामा ओलीले सो आग्रह गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

भेटमा ओलीले बन्द रहेका नाका र कोभिडका कारण नेपालमा आएका विद्यार्थीहरुलाई चीन जाने व्यवस्था मिलाउन र हुम्ला पारि रोकिएका नेपालीहरुलाई ल्याउने वातावरण मिलाउन पनि आग्रह गरेको भट्टराईले बताए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
निर्वाचनलाई रचनात्मक प्रतिस्पर्धा र मतदाताको स्वतन्त्र छनोटको विषय बन्न दिनुपर्दछ, ‘ब्याटल’ हैन
पछिल्लो समाचार →
माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

Leave a Comment

Your email address will not be published. Required fields are marked *