Latest News
Kathmandu

निर्वाचन अधिकृत तोकिए, को कहाँ

निर्वाचन अधिकृत तोकिए, को कहाँ

काठमाडौं । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले आगामी चैत मसान्तदेखि बैशाख २ गतेभित्र यी सबै निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम पनि दिने भएको छ ।

स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता
पछिल्लो समाचार →
‘आरआरआर’को नेपालमा आक्रामक कमाइ ,‘स्पाइडरम्यान’ र ‘बाहुबली’लाई उछिन्यो

Leave a Comment

Your email address will not be published. Required fields are marked *