Latest News
Kathmandu

‘पेट्राेलियम पदार्थको उत्खनन एमालेको सरकारले मात्रै गर्न सक्छ’ – दैलेख पुगेर ओलीले भने

‘पेट्राेलियम पदार्थको उत्खनन एमालेको सरकारले मात्रै गर्न सक्छ’ – दैलेख पुगेर ओलीले भने

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा पेट्रालिम पदार्थ भएको पुष्टि भइसक्दा पनि अहिलेको सरकारले थप काम गर्न नसकेको बताएका छन् । बिहीबार दैलेखको दुल्लु पुगेका उनले दैलेखमा पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्टि भएको र यहाँको मात्र नभई राष्ट्रको विकासमा टेवा पुग्ने थाहा हुँदाहुँदै पनि अहिलेको सरकारले काम गर्न नचाएको बताएका हुन् ।

पार्टी प्रवेश तथा चुनावी सभामा सहभागी हुन जुम्ला र कालिकोट जाने क्रममा दैलेखको दुल्लुमा एमाले दैलेखले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो सरकारले ग्रामीण भेगको विकासका लागि २ सय १० वटा बाटाहरू शिलान्यास गरेको भए पनि अहिलेको सरकारको काम गर्ने क्षमता नहुँता कटौती गरेको बताए ।

उनले भने, ‘पेट्रालिम पदार्थको उत्खनन एमालेको सरकारले मात्रै गर्न सक्छ, त्यसैले फेरी पनि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको दैलेखी जनताले बुझिसकेका छन् ।’ उनले थपे, ‘अहिलेको सरकारले ढंग नभएर, क्षमता नभएर, काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजनाहरू काटेको छ, चुनाव पछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ ।’

अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छाना मुक्त अभियान ल्याएको बताउँदै दैलेखमा पनि धेरै नागरिकका घर खरका छाना मुक्त भएर जस्तापाता लगाइएका बताए । उनले बाँकी रहेका घरहरूमा जस्तापाता नपुगेको भए एमालेले पहल गर्ने बताए ।

अध्यक्ष ओलीले आफ्नो सरकारको तीन वर्षे कार्यकालमा देशको विकासका लागि राम्रा कामहरू गरेको र पुनः एमाले सरकारमा आए पछि विकासे गतिलाई तीव्रता दिने बताए । उनले भने, ‘देशको रक्षा, विकास र सुशासनका लागि एमाले बाहेक अन्य पार्टीले काम गर्न सक्दैनन् अहिले अलमलिएका विकासे काम एमालेको सरकार आएपछि अघि बढाउँछ ।’

अध्यक्ष ओलीले अहिले पनि केही व्यत्तिहरु अन्य पार्टीमा रहेकाले एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै सबैलाई एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गरे ।

अध्यक्ष ओली कर्णालीका विभिन्न जिल्लाका दौडानमा रहेका दैलेखको दुल्लुमा रहेको कार्यक्रमलाई सकेर अहिले जुम्लामा पुगेका छन् । जुम्लाबाट केही समयमा एमाले कालिकोटले कालिकोटको मान्ममा आयोजना गरेको बृहत् चुनावी आमसभामालाई सम्बोधन गर्ने कालिकोट झर्ने कार्यतालिका रहेको एमाले कालिकोटका अध्यक्ष जसिप्रसाद पाण्डेले जानकारी दिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पर्यटकको चाप बढ्यो मुस्ताङमा
पछिल्लो समाचार →
नेप्से २३ अंकले घट्यो, १ अर्ब ८९ कराेडकाे कारोबार

Leave a Comment

Your email address will not be published. Required fields are marked *