Latest News
Kathmandu

एआइजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

एआइजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ । वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैरकानूनीरूपमा बढुवा गरेको उल्लेख गर्दै आज डिआइजी ईश्वरबाबु कार्कीले रिट निवेदन दायर गर्नुभएको हो ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध तीन रिट निवेदन सर्वोच्च अदालतमा पुगेको छ ।

त्यसमध्ये एक दर्ता भएको छ भने दुई दर्ता हुने प्रक्रियामा रहेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार डिआइजी कार्कीको रिट दर्ता भएको छ । आइतबारका लागि पेसी तोकिएको छ । डिआइजी घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीको पनि रिट निवेदन अलि ढिला आएको हुनाले दर्ता हुने प्रक्रियामा रहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एमालेको सरकार बनोस् भन्ने जनताले चाहेका छन्ः अध्यक्ष ओली
पछिल्लो समाचार →
प्रधानमन्त्री देउवा भोलि भारतको औपचारिक भ्रमणमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *