सप्तरी । सप्तरीमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिंदा चालकको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विद्युत प्राधिकरण बोदेबर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।