Latest News
Kathmandu

नहरमा डुबेर बालकको मृत्यु

नहरमा डुबेर बालकको मृत्यु

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका–८ स्थित निर्माणाधीन महाकाली तेस्रो चरणको नहरमा नुहाउने क्रममा डुबेर १२ वर्षीय बालकको आज मृत्यु भएको छ । विद्यालयबाट फर्कने क्रममा नहरमा नुहाउँदै गर्दा शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाका रोहित धामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताउनुभयो ।

उहाँका अनुसार नहरमा नुहाउनका लागि गएका बालक मृत अवस्थामा नहरको पानीमा उत्रिएको अवस्थामा फेला परेका छन् । बालकको शव नहरको पानीमा उत्रिएको अवस्था देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् ।

बालकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको छ । मृतक बालक धर्मजनता माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्दै आएका थिए । नहर खन्ने क्रममा आएको पानीका कारण ठूलो तलाउ बनेको छ । तलाउमा बालबालिकाले गर्मिका बेला नुहाउने गरेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुशासनको यात्रालाई अघि बढाउँछौँः अध्यक्ष ओली
पछिल्लो समाचार →
बारको निर्वाचन शनिबार

Leave a Comment

Your email address will not be published. Required fields are marked *