Latest News
Kathmandu

आज हल्का वर्षाको सम्भावना

आज हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

जसले गर्दा प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने छ।

प्रदेश १,बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बारको निर्वाचन आज बिहान ८ बजेदेखि
पछिल्लो समाचार →
काभ्रेमा ३० दल, तीन लाखभन्दा बढी मतदाता

Leave a Comment

Your email address will not be published. Required fields are marked *