Latest News
Kathmandu

कांग्रेसको निर्वाचन प्रचार प्रसार समितिमा आयल निगमका कार्यकारी निर्देशक

कांग्रेसको निर्वाचन प्रचार प्रसार समितिमा आयल निगमका कार्यकारी निर्देशक

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ सदस्यमा मनोनित भएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको समिति सदस्यमा थानी नियुक्त भएका हुन् । गत १५ चैतमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टी सभापति एवम् प्रधानमनत्री शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ गठन र मनोनयनको निर्णय गरेका थिए । कांग्रेस केन्द्रिय कार्यालयले यसबारेको सूचना १८ चैतमा सार्वजनिक गरेको थियो ।

थानीको नाम सो समितिको पदेन सदस्यको रुपमा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका सूचना अधिकारी केशव रिजालले बताए । ‘यहाँ थानीको नाम देखियो, संस्थाको नाम मात्रै हुनुपथ्र्यो,’ रिजालले भने, ‘उहाँ निर्वाचन प्रचार प्रसारमा बस्न मिल्दैन ।’

कांग्रेसले थानीलाई सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालको अध्यक्षको रुपमा राखेको तर उनी संस्थानको प्रमुख भएकाले यसलाई सच्याउने रिजालले बताए । प्रचार प्रसार समितिको ६१ औं नम्बरमा पदेन सदस्यको रुपमा थानको नाम छ । उनी अहिले प्रधानमन्त्रीसँगै भारत भ्रमणमा छन ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सेयर बजार सुस्तायो, कारोबार रकम डेढ अर्ब पनि पुगेन
पछिल्लो समाचार →
३ लाख २७ हजार मतदाता सुदूरपश्चिममा थपिए

Leave a Comment

Your email address will not be published. Required fields are marked *