Latest News
Kathmandu

तरुण दलका अध्यक्ष गुरुङद्वारा पदभार ग्रहण

तरुण दलका अध्यक्ष गुरुङद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले पदभार ग्रहण गर्नुभएको छ । उहाँले आज उक्त दलको केन्द्रीय कार्यालय रविभवन पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत ८ गते गुरुङलाई अध्यक्षमा मनोनीत गर्नुभएको थियो । अध्यक्ष जीतजङ्ग बस्नेत कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएपछि तरुण दल नेतृत्वविहीन बन्दै आएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकले म्याद सकिएका नेविसङ्घ, तरुण दललगायत १० भ्रातृ संस्था विघटन गर्दै तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । अध्यक्ष गुरुङ यसअघि तरुण दलको कोषाध्यक्ष हुनुहुन्थ्यो । पदभारपछि अध्यक्ष गुरुङले आउँदो निर्वाचनमा आफ्ना पार्टीको उम्मेदवारलाई जिताउनका लागि देशभर तरुण दलका युवालाई परिचालन गर्ने बताउनुभयो ।

तरुण दलका यसअघि रहेका सबै निकाय यथावत रहने उहाँको भनाइ थियो । पूर्व अध्यक्ष बस्नेतले विगतका दिनभन्दा पनि बलियो तरुण दल बनाएर अगाडि बढाउन आग्रह गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।

अर्का पूर्वअध्यक्ष उदयशमशेर राणाले तीनै तहको निर्वाचनको जिम्मेवारी तरुण दलको काँधमा आएकाले यसलाई थप गतिशील बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मतपत्र छपाई आजदेखि सुरु
पछिल्लो समाचार →
सरकार बनाउन मात्र होइन, दीर्घशान्तिका लागि गठबन्धन: गृहमन्त्री

Leave a Comment

Your email address will not be published. Required fields are marked *