Latest News
Kathmandu

आयोगले निर्वाचन आचारसंहिता पालनामा बाचा गराउन ७९ दललाई बोलायो

आयोगले निर्वाचन आचारसंहिता पालनामा बाचा गराउन ७९ दललाई बोलायो

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आचार संहिता पालनाका लागि लिखित रुपमा प्रतिबद्धता जनाउन लगाउँदै छ ।

त्यसका लागि स्थानीय तह निर्वाचनमा भाग लिने ७९ दलका प्रतिनिधिहरुलाई आज बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा बोलाइएको छ ।

निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलका अनुसार राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन आचार संहिताबारे जानकारी गराउने र ती आचार संहिता पालना गर्नेछौं भनेर लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाइने छ ।

स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सत्ता गठबन्धनको बैठक जारी
पछिल्लो समाचार →
प्रधानमन्त्रीले चोभारको सुक्खा बन्दरगाह उदघाटन गर्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *