सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठकले कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ ।
स्थानीय तह चुनावको रणनीति तय गर्न केन्द्रित आजको बैठकमा चुनावी तालमेलबारे छलफल भएको थियो ।


Leave a Comment