Latest News
Kathmandu

बढ्यो इन्धनको मूल्य

बढ्यो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो ।

आज बढेको मूल्यसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आयोगद्वारा राजनीतिक दललाई ६० बुँदे निर्देशन
पछिल्लो समाचार →
पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *