Latest News
Kathmandu

उदयपुर हत्याकाण्ड: प्रतिशोधका कारण साथीबाटै हत्या

उदयपुर हत्याकाण्ड: प्रतिशोधका कारण साथीबाटै हत्या

काठमाडौँ । उदयपुरमा मङ्गलबार भएको किशोरी हत्या साथीबीच प्रतिशोधका कारण भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । एउटै विद्यालय, एउटै कक्षामा पढ्ने साथीबाट प्रतिशोधका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको हो ।

जिल्लाको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षिया किशोरी कविता सुनुवारको हत्या भएको हो । एकाविहानै ट्युसन पढ्ने घरबाट हिडेकी उनी केही घण्टापछि मृत अवस्थामा भेटिएकी थिइन् । स्थानीयका अनुसार शरीरमा चोटपटक लागेको र विशेषगरी टाउकोमा गहिरो प्रहारभई चोट लागेको रगताम्य अवस्थामा लास फेला परेको थियो ।

उनको टाउकोमा ढुङ्गा र वियरको बोतल प्रयोग गरी प्रहार भएको घटनास्थलको प्रकृतिलाई उद्धृत गर्दै स्थानीयले बताएका छन् । घटनास्थल र लासको प्रकृतिबाट प्रहरी र स्थानीय किरोशीको हत्या नै भएको निचोडमा पुगेको थियो ।

“संगै पढ्ने साथी–साथीबीच प्रतिशोध साधेर गरिएको सामान्य कुटपिटको योजना हत्यासम्म पुगेको देखिएको छ ।” घटनाको प्रारम्भिक अनुसन्धानबारे इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज प्रहरी निरीक्षक तेजप्रसाद दाहालले भन्नुभयो “सत्यतथ्य भने अनुसन्धानपछिको निचोडले निर्कौल गर्नेछ ।”

घटनापछि प्रहरीले हत्याराको खोजी थालेको थियो । त्यसक्रममा संकास्पद देखिएका दुई दाजु–वहिनीलाई गाउँमै घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्यो । बेलका नपा–३ बस्ने १९ वर्षिय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षिया सरिता ढकाल (खत्री) लाई पक्राउ गरेको हो । एकवर्षदेखि वहिनीकै घरमा बस्दै आएका दाजु विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको बुझिएको छ ।

प्रनि दाहालका अनुसार पक्राउ पछि सोधपुछको क्रममा उनीहरुबाट प्रतिशोधका कारण हत्या भएको कुरा खुलेको छ । मृतक कविताले आफुलाई विभिन्न कुरामा ब्याकमेलिङ गर्ने, तनाव दिने गरेकोले त्यसैको रिस फेर्न योजना बनाई एकाविहानै फोन गरेर ट्युसन पढ्न बोलाएको र बाटैमा रोकेर दाजुसंग मिलेर कुटपिट गरेको प्रहरीलाई वयान दिएकी छिन् । विहान पटक–पटक मृतकसंग फोनमा कुरा भएको कुरा प्रहरीले पत्ता लगाएको छ । घटनाको एकाविहानै पक्राउ परेकी सरिताले नै मृतक कवितालाई फोन गरेर बोलाएको पत्ता लागेको छ । यो समाचार हामीले गोरखापत्र दैनिकबाट साभार गरेका हौँ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कङ्गोमा घाइते नेपाली शान्ति सैनिकको निधन
पछिल्लो समाचार →
कंगोमा ज्यान गुमाएका नेपाली सिपाहीको परिचय खुल्यो

Leave a Comment

Your email address will not be published. Required fields are marked *