Latest News
Kathmandu

चाबहिल नापीका कर्मचारी लगनखेलबाट घुससहित समातिए

चाबहिल नापीका कर्मचारी लगनखेलबाट घुससहित समातिए

काठमाडौं । नापी कार्यालय चाबहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट समातिएका छन् । नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साझ अख्तियारको टोलीले लगनखेलको सडकबाटै गिरफ्तार गरेको हो ।

अख्तियार श्रोतले दिएको जानकारी अनुसार बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै उनीहरुले घुस लिएका थिए । घुस रकम लिएर बूढानीलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लगनखेलको सडक किनाराबाट दुवै जनालाई १ लाख नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई दिनमा दुई जनामा कलेजो प्रत्यारोण
पछिल्लो समाचार →
एमाले गण्डकीको दाबी बहुमत पालिका जित्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *