Latest News
Kathmandu

दीपक मनाङे मन्त्रीले कुटे कर्मचारी

दीपक मनाङे मन्त्रीले कुटे कर्मचारी

पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् ।

उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । घटना मंगलबारको हो ।

फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका हुन् । ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेललाई घटनालगत्तै जानकारी गराएका थिए ।

आफू हिजाेदेखि नै सुरक्षासम्बन्धी बैठकमा बागलुङमा रहेकाे र ओझाले मंगलबार नै घटनाबारे जानकारी गराएकाे भए पनि सम्पूर्ण सत्थतथ्य बुझ्न बाँकी रहेकाे सचिव अधिकारीले बताए ।

ओझले मन्त्री मनाङेले आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले मंगलबारदेखि नै बिदा बस्ने जानकारी गराएकाे सचिव अधिकारीले  जानकारी दिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पर्यटकको चहलपहल मुक्तिनाथमा बढ्यो
पछिल्लो समाचार →
नेपालले थप अनुमति पायो, ३२५ मेगावाट बिजुली भारतमा बेच्न

Leave a Comment

Your email address will not be published. Required fields are marked *