Latest News
Kathmandu

कांग्रेसले बनायो चुनाव प्रचारका लागि ७१ कलाकार सम्मिलित उपसमिति

कांग्रेसले बनायो चुनाव प्रचारका लागि ७१ कलाकार सम्मिलित उपसमिति

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि ७१ जना कलाकारलाई समेटेर सांस्कृतिक समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

डीबी गुरुङ संयोजक रहेको उपसमितिमा वसन्त सापकोटा, सरिता लामिछाने, राधिका हमाल, विमलराज क्षेत्री, रामजी खाँण, तपेन्द्र विश्वकर्मा लगायत छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा यी कलाकारले पार्टीको प्रचारप्रसार गर्ने कांग्रेसले जनाएको छ । पार्टी निकट सांस्कृतिक संघ संयोजक शिवशंकर रिजाल जोगिन्दरले पार्टीको निर्देशनअनुसार कलाकार सक्रिय हुने बताए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अमेरिकाले पुटिनका छोरीहरुलाई समेत प्रतिबन्ध लगायो
पछिल्लो समाचार →
नेपाली कांग्रेसको बहुमतको सरकार बनेपछि अर्थतन्त्र ट्रयाकमा आउँछः मोहनबहादुर बस्नेत

Leave a Comment

Your email address will not be published. Required fields are marked *